अत्तरिया – डोटीमा ६१ औं रेडक्रस दिवस मनाइएको छ । नेपाल रेडक्रस शाखा डोटी र उपसाखा देहिमाण्डौंको आयोजना एक कार्यक्रमका बीच दिवस मनाइएको हो ।
देहिमाण्डौं उपशाखाका सभापति धर्मराज ओझाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्का रहेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश महासचिव देव बहादुर बोहराले रेडक्रसका गतिविधि माथि प्रकाश पारेका थिए ।

















