खाेज्नुहाेस

ठूला होटल रिसोर्टलाई सुदूरपश्चिम सरकारले व्याजमा अनुदान दिने

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले ठूला होटल, रिसोर्ट केवलकार जस्ता पर्यटकीय उद्योगहरुलाई बैंक ऋणमा व्याज अनुदान दिने भएको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले सोमबार एक सूचना प्रकाशित गरी व्याज अनुदानमा दिन प्रस्ताव आह्वान गरेको छ ।

navjiwan hospital

निर्देशनालयले चालु आर्थीक बर्षको कार्यक्रम अन्तरगत प्रदेशस्थित घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर यस्ता व्यवसाय संचालन गरिरहेका उद्यमीहरुलाई १५ दिन भित्र व्याज अनुदानका लागि प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

attariya hospital

व्याज अनुदान लिनका लागि बैंकबाट ऋण लिएको र व्याजको दर खुल्ने कागजात पेश गर्नुपर्ने जनाइएको छ ।