खाेज्नुहाेस

क्षतिपुर्ति दिने सहमती पछि अछामको यातायात सुचारु

Image
क्षतिपुर्तिको माग गर्दै स्थानियले गरेको बन्द अवस्थाको फोटो

धनगढी – करिब ५ दिन देखी बन्द रहेको अछामको यातायात सुचारु भएको छ । बसको ठक्करबाट मृत्यु भएका हेमराज कुँवरका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि यातायात सुचारु भएको हो ।

navjiwan hospital

चैत १९ गते बसको ठक्करबाट घाईते भएका हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएपछि आफन्तले यातायात का साथै साफे बजार बन्द गरेका थिए । क्षतिपुर्तिको माग गर्दै गरिएको बन्द पाँच दिनपछि पूर्ण रुपमा सुचारु भएको अछाम प्रहरीले बताएको छ ।

attariya hospital

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय अछाममा पीडित, सुदुरपश्चिम बस व्यवसायी प्रालिका प्रतिनिधि बिच भएको छलफलमा औषधि उपचारमा लागेको सम्पूर्ण खर्च बेहोर्ने, मृतककी श्रीमतीलाई बस काउन्टरमा रोजगारी दिने, हेलिकप्टर मार्फत काठमाण्डौ लैजादा लागेको खर्च सुन्दर सुदुरपश्चिम यातायात प्रालिले बेहोर्ने लगायतका सहमति भएपछि यातायात सुचारु भएको हो ।

यही चैत १९ गते सुप्रप ०१–००१ ख ३१५४ नम्बरको बसले ठक्कर दिदाँ घाईते भएका कुँवरको उपचारका क्रममा काठमाडौंमा चैत २४ गते मृत्यु भएको थियो । मृतकका श्रीमती र दुई छोरी रहेका छन् ।