खाेज्नुहाेस

टीकापुरमा संचालित महायज्ञबाट ४२ लाख संकलन

Image

टीकापुर – कैलालीको टीकापुरमा आयोजित महायज्ञबाट ४२ लाख संकलन गरिएको छ । टीकापुर नगरपालिका – ७ सत्तिमा रहेको पद्म प्रकाशेश्वर मन्दिरको आयोजनामा संचालित महायज्ञबाट ४२ लाख संकलन गरिएको हो ।

navjiwan hospital

चैत ८ गतेदेखि १५ गतेसम्म श्रीमत भागवत भक्ति संगत अनुष्ठान २०७९ भएको महायज्ञबाट उक्त रकम संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले जानकारी दिएका छन् ।

attariya hospital

परापुर्वकालमा भगवान पर्शुरामले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो, पुर्वाभिमुख भएको विश्वकै दुर्लभ शिवलिङ्ग रहेको पद्म प्रकाशेश्वर महादेव मन्दिरको आयोजनामा ११ वर्ष पछि पुनः महायज्ञ गरिएको थियो ।