खाेज्नुहाेस

बर्ड फ्लु रोकथाम गरौं

Image

बर्ड फ्लू एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो । एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो । बर्ड फ्लू कुखुरा र पक्षीहरूको अति सङ्क्रामक रोग हो । यो जतिबेला जहाँ पनि फैलन सक्छ ।

बर्ड फ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो, र कहिलेकाहीँ सुँगुरमा पनि भेटिएको छ । यो रोग मानिसमा पनि सर्न सक्छ । यो रोग सर्वप्रथम सन् १९७८ मा पंक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको हो । बर्ड फ्लूको सङ्क्रमण भेटिएको विश्वको पछिल्लो ६६ औँ मुलुक हो नेपाल । थाइल्याण्ड, बङ्गलादेश र इण्डोनेशियामा यसले विकराल अवस्था निम्त्याएको छ । खोकीको सङ्क्रमण जस्तै हो बर्ड फ्लू, जसले कुखुरा तथा पंक्षीहरूमा विभिन्न समस्या निम्त्याउँछ । बर्ड फ्लूको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, ¥याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्दछ । त्यतिमात्रै नभई पानीको माध्यमबाट यो भाइरस अत्यन्त द्रूत गतिमा फैलन र धेरैको ज्यान लिनसक्ने भएकाले बर्ड फ्लूलाई प्राणघातक रोग पनि भनिन्छ ।

attariya hospital
navjiwan hospital

पछिल्लो समय नेपालमा भारतबाट या अन्य छिमेकी मुलुकहरुबाट बर्ड फ्लु रोगको संक्रमण भित्रिरहेको छ । नेपालले भारतबाट आयात हुने कुुखरा तथा अन्य पशुपंक्षिजन्य पदार्थहरुको आयातमा रोक लगाएको छ । तर नेपालमा सस्तो मुल्यमा बेचेर बढी आम्दानी कमाउने उद्देश्यले नेपालकै व्यवसायीहरुले भारतबाट अवैध रुपमा कुखुरा सेतो अण्डा लगायतका सामग्रीहरु भित्र्याउने गरेका छन ।

जसले गर्दा नेपालमा कुखुरा पालन गरिरहेका किसानहरु मारमा पर्ने गरेका छन । भारतबाट भित्रिने अवैध कुखुराहरुका कारण नेपाली बजारमा कुखुराहरुको मुल्य कम हुदाँ नेपाली कुखुरा पालक किसानहरु मारमा परेका छन नै त्यसमाथी ति भित्र्याईएका कुखुराहरुले बर्ड फ्लुको संक्रमण फैलाउदाँ अझ समस्या हुने गरेको छ ।

नेपालमा ७ वटै प्रदेशहरुमा बर्ड फ्लु जाँच गर्ने प्रयोगशालाहरु रहेका छन तर अवैध रुपमा भित्र्याईएका पशुपंक्षिहरु प्रयोगशालामा जादैनन् । उनिहरु सिधै व्यापारी तथा उपभोक्ताहरुको सम्पर्कमा आउँछन । जसले बर्ड फ्लुको संक्रमण बढाउने काम गरिरहेको छ ।

बर्ड फ्लुको संक्रमण रोक्न सरकारले सिमामा कडाई गरी अवैध रुपमा भित्रिने पशुपंक्षी जन्य वस्तुहरुमा रोक लगाउनुपर्दछ । बर्डफ्लू मानिसमा सरेमा महामारीको रुप लिन सक्छ । अहिलेसम्म मानवमा बर्डफ्लू (बखष्बल ष्लागिभलशब खष्चगक ज्छल्ज्ञ) सरि सकेपछि उपचार गर्ने विधि नेपालमा भित्रिइसकेको छैन । त्यसैले स्वास्थ्य संवेदनशिलनतालाई ध्यानमा सरोकारवाला निकायले त्यसको न्यूनिकरण र रोकथाममा ध्यान दिन जरुरी छ ।