खाेज्नुहाेस

बेदकोटबाट सुरेन्द्र र सुनिल पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

बेदकोट नगरपालिका–६ सिसैयाका २८ वर्षीय सुरेन्द्र रानालाई शुक्रबार दिउँसो ५०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी सुडाबाट खटिएको टोलीले उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

attariya hospital

त्यसैगरी, बेदकोट नगरपालिका–७ मन्दिरपुरका २६ वर्षीय सुनिल डगौरालाई ९०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ८ हजार ४४५ रुपैयाँ नगदसहित शुक्रबार बिहान पक्राउ गरिएको छ। प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले उनको कोठा खानतलासी गर्दा उक्त लागूऔषध र नगद बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।