अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट प्रहरीले लागूऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान गोदावरी–८ का १८ वर्षीय किशोरलाई १९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।

प्रहरीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध बरामद गरेको जनाएको छ।
पक्राउ परेका किशोरमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

















