खाेज्नुहाेस

अभियन्ताका नाममा मागिखाने परिपाटी हटाऔं

Image

नेपालमा पछिल्लो समय सामाजिक अभियन्ताहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । समाजको विकासका नाममा विभिन्न शिर्षकमा अभियन्ता भन्दै रकम असुली गर्ने र गायब हुने परिपाटी पछिल्लो समय समाज आक्रान्त बन्न थालेको छ । भरखरै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधि सभाको निर्वाचनले त झन अभियन्ताको पेशालाई नै उचाईमा पु¥याईदिएको छ । सामाजिक अभियन्ताको नाममा युट्युबे पत्रकाहरुलाई साथमा बोकेर सरकारी कार्यालयका कर्मचारीहरुको नालिबेली वर्णन गर्ने अभियन्ता ज्ञानेन्द्र शाही प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएसँगै अभियन्ता बन्ने क्रमले अझै तिब्रता पाउने कुरामा दुई मत छैन ।

नेपालमा सामाजिक अभियन्ता बन्ने होडबाजी छ । सामान्यतया : समाजको अगुवा वा समाजमा असल काम गरेर सकारात्मक सन्देश प्रवाह गर्ने मान्छेको रूपमा सामाजिक अभियन्ता परिभाषित छ । तर, वर्षाको च्याउसरी उम्रिएका त्यस्ताको कारण समाजमा झन असामाजिक क्रियाकलाप बढेको मात्र छैनन् नकारात्मक चेतनाको बिजारोपणसमेत भएको छ ।

attariya hospital

सामाजिक अभियन्ता बन्नु आफैँमा कठिन काम हो । यो समाजमा पपुलर बन्नका लागि गरिने देखासिकी अभियन्ताको परिभाषाभन्दा निकै परको विषय हो । सच्चा अभियन्ताले आफ्ना निजी इच्छा, चाहना र आकांक्षालाई प्राथमिकताबाट निकालेर अरूको सेवामा समर्पित हुने प्रण गरेको हुन्छ । त्यसैले आफ्नो असल कर्मद्वारा समाजको उत्प्रेरणा बनेर नागरिकलाई सकारात्मक सन्देश प्रवाह गर्नु साँच्चैको अभियन्ता बन्नु हो ।

navjiwan hospital

तर, अहिले नेपाली समाजमा अभियन्ताको परिभाषा नै बदलिएको छ । निस्वार्थ भावले असल कर्म गरेर समाजको उत्प्रेरक बन्नु अभियन्ता होइन । अचेल सामाजिक अभियन्ता बन्न सजिलो छ । सडकमा उभिएर आफूलाई मन नपरेको मान्छेलाई गाली गर्न सके अभियन्ता बनिन्छ । अभियन्ता कमाइको माध्यम हो र समाजमा हिरोइज्म प्रस्तुत गर्ने सुनौलो मौका पनि हो । उग्र कुरा गरेर केही हजार समर्थक बटुल्न सके अभियन्ताका रूपमा स्थापित हुन सकिन्छ ।

अरूलाई नैतिकता र सदाचारको प्रश्न उठाउने त्यस्ता अभियन्ता आफैँ चैं कति पानीमाथिको ओभानो छन् त ? कथित अभियन्ताहरूमाथि अहिले उठेको सबैभन्दा ठूलो प्रश्न हो– आर्थिक पारदर्शिता । दैनिक १२ घण्टा काम गर्दासमेत दुर्ई छाक टार्न धौधौ हुने हाम्रो समाजमा उनीहरूले अपनाएको उच्च जीवनशैली कसरी सम्भव छ ? रोजी–रोजी निजी गाडी चढ्न, ठुल्ठूला अभियान चलाउन, राहत र सहयोगका नाममा देश दौडाह गर्न, हेलिकप्टर चढेर पूर्व–पश्चिम पुग्न आवश्यक आर्थिक स्रोत कसरी जुटेको छ ?

म्दानीको स्रोत के हो ? राजनीतिक दलका नेतालाई आर्थिक पारदर्शिता र सदाचारको पाठ सिकाउने उनीहरू आफैं चैं पारदर्शी हुनु पर्छ कि पर्दैन ? सामाजिक अभियन्ता भन्दै कमाउ धन्दामा लागेकाहरुको जिवन नै त्यहीबाट चलेको छ । त्यस्ता व्यक्तिहरुलाई सामाजिक अभियन्ता भन्ने कि माग्ने भन्ने ।

अरुबाट मागेर आफ्नो जिवन निर्वाह गरिरहेकाहरु सामाजिक अभियन्ता हैनन् । समाज सेवाको नाममा आफु अभियन्ता बनेर अरुबाट सहयोग माग्ने परिपाटी अन्त्य गर्न जरुरी छ । त्यसरी सहयोगका नाममा माग्ने मानिसहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । सामाजिक अभियन्ता जस्तो उच्च तहको कार्यलाई पैसा उठाउने कामका रुपमा प्रयोग गरिनुहुदैन ।