खाेज्नुहाेस

निर्वाचनमा सक्षम प्रतिनिधि चुनौं

Image

चुनाव वा निर्वाचन भनेको लोकतन्त्रको एक महत्वपूर्ण प्रक्रिया हो । शासनको विभिन्न तहमा जनताले आफ्नो प्रतिनिधि छानेर पठाउने प्रक्रियालाई निर्वाचन भनिन्छ । नयाँ नेतृत्वको विकास गर्ने, सत्ताको बैधानिकिकरण गर्ने लगायतका काम निर्वाचन मार्फत हुन्छन । निर्वाचन प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई प्रणालीबाट हुन्छ ।

मतदाताहरुले निर्वाचनमा भाग लिइ आफ्ना प्रतिनिधिहरुको निर्वाचन प्रत्यक्ष रुप बाट गर्छ्न भने त्यस्तो निर्वाचनलाई प्रत्यक्ष निर्वाचन भनिन्छ । यस्तो निर्वाचनमा मतदाताले मतदान केन्द्रमा गइ आफ्नो मत आफुले मन पराएको उमेदवारलाई दिन्छन् । मत गणना पछि बढी मत प्राप्त गर्ने उमेदवार लाई निर्वाचित भएको घोषणा गरिन्छ । यो ज्यादै सरल तथा प्रचलित प्रणाली हो । हरेक देशका तल्लो सदनका निर्वाचनमा यो प्रणाली नै लागू गरिन्छ । भारत, अमेरिका, बेलायत जस्ता लोकतान्त्रिक देशका तल्लो सदनमा यो प्रणाली प्रचलित छ ।

attariya hospital

यसैगरी यसको फरक अप्रत्यक्ष निर्वाचन प्रणालीमा मतदाताहरुले आफ्नो उमेदवार आफै छान्न पाउदैनन् । उनीहरुले केही निर्वाचकहरु आफै छान्छन्, जसलाई निर्वाचन मण्डल भनिन्छ । यिनै निर्वाचकहरुले निश्चित समय र स्थानमा सम्बन्धित प्रतिनिधिहरुलाइ जनताका नाममा निर्वाचित गर्दछन् । त्यस प्रणालीमा मतदानमा प्रत्यक्ष रुपमा जनता (मतदाता) सहभागी हुन पाउदैनन् ।

navjiwan hospital

तर, मतदाताले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरुले जनताको नाममा यस निर्वाचन प्रणाली मार्फत नेतृत्व चुन्ने गर्दछन् । नेपालमा पनि माथी उल्लेखीत दुवै निर्वाचन प्रणाली देशको कार्यकारी छनौटका लागि प्रयोग गरिन्छ । आफुले मन परेको उम्मेदवारलाई छनौट गर्न सकिने भएकाले प्रत्यक्ष निर्वाचन प्रणालीमा मतदाताहरुको सहभागीता बढी हुनु स्वाभाविक नै हो । तर, पछिल्लो समय निर्वाचनप्रति नागरिकको वितृष्णा बढ्न थालेको छ । त्यसको कारक तत्व नेपाली राजनितिक दलहरु र त्यसमा आवद्ध नेताहरु नै हुन । चुनावको समयमा मात्रै मतदाताहरुलाई याद गर्ने नेताहरुका कारण नागरिकहरु निर्वाचन प्रति निराश छन ।

नागरिक निराश हुनुको पछाडी पनि नागरिकहरुकै हात छ । निर्वाचनको समयमा कथित आर्थिक प्रलोभनमा परी भोट दिने नागरिकले निर्वाचन प्रति र काम नै नगरेका दलका नेताहरु प्रति निराश हुनुपर्ने र आक्रोसित हुनुपर्ने कारण छैन । नेताहरुलाई सबै भन्दा बढी जनता आवश्यक पर्ने समय निर्वाचन हो । निर्वाचनका समयमा काम नगर्ने र चुनावको समयमा मात्रै मतदाताहरु माझ पुग्ने उम्मेदवार अथवा भनांै नेतालाई भोटै नदिए, निर्वाचनप्रति निराश हुनुपर्ने अवस्था नै आउँदैन ।

नागरिकलाई प्रत्यक्ष रुपमा काम गर्न सक्ने र नागरिकका समस्या बुझ्ने प्रतिनिधि छनौटका लागि नै निर्वाचन प्रणाली लागु भएको हो । त्यसको फाईदा उठाउनुको सट्टा निर्वाचनमा केही आर्थिक लाभका कारण आफ्नै खुट्टामा बन्चरो हान्दा त्यसले भविष्यमा असर त गर्छ नै । नेताहरुले पनि निर्वाचनका समयमा पैसाको मुल नै फुटाउने गर्छन । चुनावका समयमा आउने त्यत्रो पैसा सत्तामा हुदाँ विकास निर्माणमा खर्च गरेको भए, चुनावमा खर्च गर्नुपर्ने अवस्था नै आउँदैनथ्यो होला ।

तर, नेताहरुलाई काम नगर्ने, सत्तामा छञ्जेल पैसा कमाउने र निर्वाचन आउँदा सो पैसा मतदातालाई बाड्ने परिपाटीको विकास भैसकेको छ । सो परिपाटीको एउटा अभिन्न अंगको रुपमा मतदाता पनि छन । नेपालमा हालसम्म त्यस्तै भैरहेका कारण ले काम गर्न सक्ने भिजनवाला प्रतिनिधि अहिलेसम्म सत्तामा पुग्न सकेका छैनन् ।

तर, अब मतदाताहरुले सच्चिनुपर्ने बेला आएको छ । चुनावको समयमा मात्रै विकासका फगत घोषणा र प्रतिबद्धता गर्ने नेताहरुलाई हालसम्मको उपलब्धीहरुको बारेमा सोधी उनीहरुलाई भोट दिनुपर्ने कारण उल्लेख गर्न लगाउने जिम्मेवारी अब मतदाताको हो । मतदाताले यसपटक निर्वाचनसँग जोडिएको पैसा शब्दलाई ध्यान नदिए अवश्य पनि एउटा सक्षम प्रतिनिधि देशले पाउनेछ ।