खाेज्नुहाेस

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया  –  बैंकिङ कसुर मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का ३२ वर्षीय अस्मित शाह रहेका छन् ।

attariya hospital

जिल्ला अदालत कञ्चनपुरले २०८३ जेठ १२ गते बैंकिङ कसुर मुद्दामा शाहलाई ११ दिन कैद र ८८ हजार ६६० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको जनाएको छ ।