खाेज्नुहाेस

कैलाली र कञ्चनपुरबाट ४ लाख ५२ हजार बढीका भन्सार छलीका सामान बरामद

Image

अत्तरिया –  कैलाली र कञ्चनपुरबाट प्रहरीले ४ लाख ५२ हजार ८०० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ ।

कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ४ लाख २६ हजार ३०० रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरिएको हो ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेवारिसे अवस्थामा विभिन्न किसिमका कपडा, तरकारी र एउटा मोटरसाइकल फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाँडीबाट २६ हजार ५०० रुपैयाँ बराबरका सुटपिस, साडी लगायतका सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेवारिसे अवस्थामा ती सामान फेला पारेको हो ।

दुवै जिल्लाबाट बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार : कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा एक लाख ३३ हजार बढीको अवैध सामान बरामद