सुदूरपश्चिमको मुख्य गन्तव्य स्थल अत्तरियामा रहेको चोक सुध्रिने संकेतहरु देखिन थालेका छन । प्रदेशको राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकामा अवस्थीत अत्तरिया चोक पछिल्लो समय व्यवस्थीत हुँदै गइरहेको छ । चोकलाई सबैभन्दा बढी कूरूप बनाईरहेको बिलबोर्ड त्यहाँबाट हटेसँगै चोकले केही काँचुली फेर्छ की भन्ने आशा नगरबासीहरुमा पलाएको छ । केही समयको अन्तरालमै चोकमा विभिन्न किसिमका भौतिक संरचनाहरु निर्माण भएका छन । चोकमा रहेका अनावश्यक कुराहरु पनि हट्दै गईरहेका छन । त्यसकारण पनि चोक व्यवस्थीत बनिरहेको अनुमान लगाउन सकिन्छ ।
चोकलाई सबैभन्दा बढी कूरूप र अव्यवस्थीत बनाईरहेको बिलबोर्डलाई चोकबाट हटाईएको छ । बिलबोर्डले चोकको सुन्दरता विगारेको भन्दै पटक–पटक सम्बन्धीत निकाय समक्ष आवाज उठाएका नगरबासीहरु बिलबोर्ड हटेसँगै खुसी छन । नगरपालिकामा निर्वाचित भएर आएको नयाँ स्थानीय सरकारले चोकलाई व्यवस्थीत बनाउन नयाँ नयाँ योजनाहरु अगाडी सारेर कार्यान्वयन प्रकृयामा लैजान थालेको छ ।


दशैँ अगाडी नगरपालिकाले उक्त ठाउँमा ‘हाईमास्ट लाईट’ जडान गरेको थियो । बजारमा रातीको समयमा हुने चोरी डकैतीका घटनाहरु न्यूनिकरण गर्न र दुर्घटनाको जोखिम कम गर्न नगरपालिकाले लगाएको उक्त लाईटले चोकलाई रातीको समयमा पनि उज्यालो दिएको छ । रातीको समयमा लाईटको उज्यालोले चोक अझ सुन्दर देखिन थाल्दछ । त्यतिमात्रै नभई चोकमा निर्माण गरिएको राजा महेन्द्रको शालिक वरपरबाट पानीको फोहोरा निस्किने गरी नगरपालिकाले वाटर फाउन्टिङको काम पनि सकेको छ ।
उक्त वाटर फाउन्टिङले चोकलाई अझ सुन्दरता प्रदान गर्ने विश्वास लिईएको छ । सरसर्ति हेर्दा पहिलेको तुलनामा अत्तरिया चोक सुधारका संकेतहरु देखा पर्न थालेका छन । अब अत्तरिया चोक सुध्रिरहेको नगरबासीहरुले आंकलन गर्न थालेका छन । नगरपालिकाले चोकलाई व्यवस्थीत बनाउन चोकमा रहेका अनावश्यक तार, सोलार बत्ती, पोल लगायतका कुराहरु हटाउने बताएको छ ।
त्यसो भएमा चोक अझ आर्कषक देखिने पक्का छ । चोकलाई चारैतिरबाट अलिकती माथी उठाई त्यसको बिचमा अझै व्यवस्थीत तरिकाले फुलहरु रोप्ने योजना नगरप्रमुख विरेन्द्र भट्टले केही दिन अघि सुनाएका थिए । यदी उनले भने अनुसारका कामहरु भयो भने अत्तरिया चोक कुनै समयमा भाइरल चोकको उपमा पाउनेछ भन्ने कुरामा दुई मत छैन ।
त्यसो भएमा नगरको पहिचान नै अत्तरिया चोक बन्नेछ । त्यसैले चोकलाई नगरको पहिचान बनाउन र चोकको व्यवस्थापनका लागी अझै पनि आवश्यक कुराहरुलाई यथाशक्य पुरा गर्नका लागी सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ ।

















