खाेज्नुहाेस

चुनावी सरगर्मी बढ्यो

Image

आउँदो मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागी विभिन्न पार्टीका मात्रै नभई स्वतन्त्र उम्मेदवारहरुले पनि आ–आफ्नो उम्मेदवारी दिईसकेका छन । ३ पदका लागी कैलालीको क्षेत्र नं. ४ बाट मात्रै २४ जनाले उम्मेदवारी दिएका छन । २० जना उम्मेदवारहरु विभिन्न पार्टीबाट चुनावमा होमिएका छन भने ४ जनाले स्वतन्त्र रुपमा चुनावमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन । कैलालीको क्षेत्र नं. ४ मा प्रतिनिधि सभाका लागी अहिले मुख्य रुपमा दुई पुर्वमन्त्रीहरुको भिडन्त हुने आंकलन गरिएको छ ।

navjiwan hospital

नेकपा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्ट र सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विर बहादुर बलायर आमने सामने छन । भट्ट नेकपा एमाले केन्द्रिय सचिव हुन भने बलायर नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति हुन । दुवै जना सरकारका मन्त्री भैसकेका व्यक्ति हुन, त्यसैले पनि अहिले क्षेत्र नं. ४ चुनावी रौनकमा छाएको छ । आफ्नो क्षेत्रमा दुई हेबिवेट नेताहरुको आपसी प्रतिष्पर्धाका कारण पनि नागरिकमा उत्सुकता पैदा भएको छ ।

attariya hospital

निर्वाचनमा कस्ले बाजी मार्न सक्छ, कसको पल्ला भारी छ, कता बाट कसले कती मत पाउने सम्भावना छ, स्वतन्त्र उम्मेदवारहरुले कसलाई समस्या पार्न सक्छन, लगायतका विषयहरुमा अहिले अत्तरियाका विभिन्न चियापसलहरुमा गफगाफ हँुदै आएका छन । अहिले प्रायजसो यस क्षेत्रका छोटे नेता तथा कार्यकर्ताहरु एक ठाउँमा जमघट हुदै चुनावी चर्चापरिचर्चा सुरु गरिरहेका देखिन्छन ।

कतिपय क्षेत्रमा त आ–आफ्ना नेताहरुको प्रचार–प्रसार समेत कार्यकर्ताहरुले गर्न सुरु गरिसकेका छन । टिकट वितरणका क्रममा सिफारिस भएका कतिपय नेताहरु टिकट नपाएको गुनासो पोखिरहेका पनि देखिन्छन । अहिले क्षेत्र नं. ४ का राजनीतिक बहस अत्तरियाका चियापसलहरुमा दैनिक रुपमा हुदै आएका छन । निर्वाचन आउँन अझै ३७ दिन बाँकी छन तर चियापसलहरुमा बढेको राजनीतिक बहसलाई हेर्दा चुनाव आउन अब २ दिन मात्रै बाँकी छ की भन्ने जस्तो भान हुन्छ ।