खाेज्नुहाेस

अत्तरियामा कुलदेउता पुजा सामाग्री भण्डार सञ्चालन

Image

अत्तरिया – कैलालीको अत्तरियामा धार्मीक पुजा सामाग्रीको पसल सञ्चालनमा ल्याईएको छ । स्थानीय व्यवसायी सन्तोस मल्ल र यशोदा मल्लले कुलदेउता पुजा सामाग्री भण्डार नामक पसल सञ्चालनमा ल्याएका हुन् ।

navjiwan hospital

धर्मकर्ममा आस्था समेत रहेका मल्लले पुजा तथा धार्मीक सामाग्रीहरु राखेर पसल सञ्चालनमा ल्याएको बताए । उनले पुजा तथा धार्मीक सामाग्री सुलभ तरिकाले उपलव्ध होस् भन्ने उद्देश्यका साथ विवाह, व्रतबन्ध, क्रियाकर्म, नामाकरण, घरपूजा, नवग्रह, जन्मोत्सव, सत्यनारायण पूजा, श्राद्ध सामग्रीहरु सेवा सहितको धार्मीक सामाग्री भण्डार संचालनमा ल्याएको सञ्चालक मल्लले बताए ।

attariya hospital

यस्तै सम्पुर्ण पूजाभाडा सेट, घण्ट, भोक्कर, चाडपर्व बिशेष सामग्रीहरुको सेट, कुश र अन्य धार्मीक प्रयोजनको लागि प्रयोग हुने पूजा सामग्रीहरु पनि उपलव्ध रहेको उनले बताए । ग्राहकहरुलाई धार्मीक कार्यका लागि सामान जुटाउन बजारमा भौतारिनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै करिब ३५ लाखको लगानीमा पुजा सामाग्री पसल सञ्चालनमा ल्याएको सञ्चालक मल्लले बताए ।

अत्तरिया स्थित महेन्द्रनगररोडमा रहेको उक्त पसलको बुधबार उनका बुवा चक्र बहादुर मल्ल र आमा मंगला देवी मल्लले उद्घाटन गरेका थिए ।