खाेज्नुहाेस

सुदूरपश्चिम सरकारको बजेटमा २३ नारा (पूर्णपाठ सहित)

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटमा चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख छुट्याइएको छ ।

कृषि विकास र सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बजेटलाई आकर्षक बनाउन बिभिन्न नारा र कार्यक्रमका नाम दिइएको छ ।

attariya hospital
navjiwan hospital

यस्ता छन बजेटमा समेटिएका नारा

आत्मनिर्भर कृषिः प्रदेशको समृद्धि
नमूना गाउँः आफै बनाउँ
प्रदेश सरकारः कृषकको अभिभावक
एक खेतमा तीन बालीः उत्पादन बृद्धि गरौ यसपाली
मेरो उत्पादनः प्रदेशको पहिचान
व्यावसायिक खेती गरीः एउटै बाली गाउँ भरी
आजको लगानी बोटमाः भोलिको प्रतिफल नोटमा
किसान हुनुमा मलाई गर्व छ
माटो जोगाऔः उत्पानद बढाऔं
गोठदेखि ओठसम्म स्वच्छ दुध
हरित शहर सबैको रहर
स्वच्छ वातावरणः स्वस्थ जीवन
सुदूरपश्चिमको दिगो आर्थिक आधार, सबल पर्यटकीय पूर्वाधार
शहरी पूर्वाधार सुधारः समुनत जीवनको आधार
मेरो स्वस्थ्य, मेरो जिम्मेवारी
छोराछोरी पढाऔः आत्मनिर्भर बनाऔं
मेरो विशेषज्ञताः मेरो प्रदेशका लागि
स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद
युवाको जवानीः प्रदेशको लगानी
सीप सिकौं, उद्यमशील बनौं
एक्काइसौं शताब्दीको सन्देशः छुवाछुत माथि पूर्ण बन्देज
आत्मनिर्भर अर्थतन्त्र हाम्रो चाहनाः समृद्ध प्रदेश हामी सबैको कामना
सरकारको मुख्य ध्यानः घरघरमा स्वरोजगार अभियान

बजेटको पुर्णपाठ