खाेज्नुहाेस

प्रकाश सपुतको ‘पिर’ बन्यो एक हप्तामै करोड क्लबमा पुग्ने पहिलो म्युजिक भिडियो

Image

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएपछिदेखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ।माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन्।

माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन्।गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि नेकपा (माओवादी केन्द्र) का नेता-कार्यकर्ताले आपत्ति जनाएपछि स्पष्टीकरण दिएका छन्।

attariya hospital

सामाजिक सञ्जाल फेसबुकमा सोमबार लामो स्टाटस लेख्दै सपुतले आफ्नो गीतको भिडिओका दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेको भए आत्मआलोचना गर्ने बताएका छन्।

navjiwan hospital

माओवादी जनयुद्धकाे विषयलाई समेटेर प्रकाश सपुतले बनाएकाे गीत ‘पिर’ ले कीर्तिमान बनाएको छ।सर्वत्र चर्चामा रहेको गीतले एक सातामै एक करोडले हेरेका छन्।यसमा प्रयाेग गरिएकाे केही दृश्यलाई माओवादीलगायतले आपत्ती जनाए पनि गीतको चर्चा घटेको छैन।

विवादसँगै प्रकाशकाे उक्त गीतले नयाँ सफलता पनि हात पारेकाे हो। साे गीत युट्युबमा सार्वजनिक गरिएकाे एक हप्तामै कराेड क्लब (१ कराेड पटक हेरिएकाे)मा पुगेकाे हाे।

फागुन २७ गतेकाे राति सार्वजनिक गरिएकाे गीतकाे भ्युज याे समाचार तयार पार्दासम्म १ कराेड ८ हजार नाघिसकेको छ।