खाेज्नुहाेस

गोदावरीका ४० जना साना व्यापारीलाई सामग्री सहयोग

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा ४० जना साना व्यापारीहरुलाई सामग्री वितरण गरिएको छ । लुथरन वल्र्ड रिलिफ (एलडब्ल्युआर) को आर्थिक सहयोग र नगरपालिकाको सहकार्यमा ब्याकवार्ड सोसाईटी एजुकेशन (बेस) ले नगरका ४ वटा वडाका ४० जना साना व्यापारीहरुलाई विभिन्न सामग्रीहरु वितरण गरेको हो ।

बेसद्धारा सञ्चालीत कोभिड – १९ बाट प्रभावित समुदायहरुको लागी पुनरोत्थान परियोजना अन्तरगत वडा नं. ६, ८, ११ र १२ का साना व्यापारीहरुलाई सहयोग गरिएको परियाजनाकी कर्मचारी दिपा बमले जानकारी दिईन ।

attariya hospital
navjiwan hospital

उनले उक्त वडाहरुमा रहेका ४० जना साना व्यापारीहरुलाई उनिहरुको आवश्यकता अनुसार प्रति व्यापारी ५ हजार बराबरका सामग्री प्रदान गरिएको बताईन । उनले कोरोनाका कारण रोजगारी गुमाएर आएका र स्वदेशमै साना व्यापार गरिरहेका व्यापारीहरुको आयआर्जनमा सहजता प्रदान गर्न सामग्री वितरण गरिएको बताईन ।

उनका अनुसार प्रत्येक वडामा वडाले छनौट गरेका १०/१० जना साना व्यापारीहरुलाई सामान वितरण गरिएको हो । यसका साथै सोही परियोजना अन्तरगत २ सय परिवारको स्वास्थ्य बिमा पनि गरिएको परियोजनाकी कर्मचारी बमले जानकारी दिईन ।

उनले सोही वडाहरुका नै २ सय परिवारको स्वास्थ्य बिमा गरिएको उनले बताईन । उनका अनुसार एक परिवारमा ५ जना सदस्यहरुका लागी रु. ३ हजार ५ सयका दरले एक वर्षका लागी परियोजना अन्तरगत स्वास्थ्य बिमा गरिएको हो । यसका साथै नगरमा परियोजना अन्तरगतका अन्य कार्यक्रमहरु पनि आयोजना हुने उनले बताईन ।