खाेज्नुहाेस

अत्तरियाका ठेलागाडाको दिगो व्यवस्थापनमा चुनौती

Image

अत्तरिया – कैलालीको अत्तरिया बजार खोकाछाप्रा र ठेलागाडाका कारण बेला बेलामा चर्चामा आउने गरेको छ । बजार क्षेत्रका मुख्य सडक फराकिला भएपनि बिच सडकमा खोकाछाप्रा र ठेलागाडा राखेर व्यापार गरिन्छ । ठेलागाडाको व्यापार विपन्नका लागि बरदान भएपनि तिनको उचित व्यवस्थापन नहुँदा बजार कुरुप बन्नुका साथै जोखिम पनि उत्तिकै छ ।

४ बर्ष पहिले स्थानिय तहमा जनप्रतिनिधि आएपछि अत्तरिया बजारमा खोकाछाप्रा हटाइएका थिए । खोकाछाप्रा हटाइएपछि सो सयम अत्तरिया बजार क्षेत्रका साखा सडकका बजार फस्टाएका थिए भने केही नयाँ बजार पनि विकास भएका थिए । सो समयमा अत्तरिया बजारमा खोकाछाप्रा व्यवस्थापन भएको भनिएपनि पुनः ४ बर्ष पछि पुरानै समस्या दोहरीएको छ ।

attariya hospital

अहिले पहिलेको जस्तो खोकाछाप्रा नभएपछि ठेलागाडामा व्यापार गर्नेहरुको संख्या ह्वातै बढेको छ । जसले गर्दा अहिले कसरी पुनः बजार व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको छ ।

बसपार्क क्षेत्रमा राखियो ठेला

बजारमा जताततै ठेलागाडा भरिन थालेपछि नगरपालिकाले अहिले ति ठेलागाडालाई अत्तरिया बसपार्क क्षेत्रमा राख्न लगाएको छ । अत्तरियाको महेन्द्रनगर रोड, धनगढी रोड र पहाड रोडमा रहेका ठेलागाडालाई नगरपालिकाले बसपार्क क्षेत्रमा राखेको हो । अत्तरिया बजारमा भएका ठेलागाडा बसपार्क क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा सो क्षेत्रमा दोब्बर संख्यामा ठेलागाडा थपिएका छन ।

बजारमा व्यवसाय गर्ने भन्दा पनि बसपार्क क्षेत्रमा बस्न पाइने गरी नै ठाउँ पाइन लागेको गलत सूचना फैलिदा अहिले सो ठाउँमा बाह्य क्षेत्रमा व्यापार गर्ने ठेलागाडा व्यवसायी पनि भरिएका छन ।

बसपार्क क्षेत्रका ठेला व्यवसायी लालजी देउवाले नगरपालिकाले गरेको व्यवस्थापनमा वास्तबिक भन्दा पनि बाह्य व्यवसायी आएर बसेको बताए । ‘पहिले बजारमा भएका ठेलाको तथ्याङ्क लिएर उनीहरुलाई नै व्यवस्थापन गरिनुपथ्र्यो’ उनले भने ‘यहाँ सहि व्यपारी गरिखाने वर्ग आएका छैनन् । यहाँ ठाउँ पाइने आशामा भरिएको हुल हो यो । यो सही व्यवस्थापन होइन ।’

ठेला व्यवसायी ठूलो संख्यामा ठेला एकै ठाउँमा भएकाले व्यपार पनि नभएको बताएका छन । उनीहरुले सबै ठेला एकै ठाउँमा राखिदाँ ग्राहक भन्दा व्यपारी बढी भएको बताएका छन ।

navjiwan hospital

ठेला व्यवस्थापन उपयुक्त भएन

अत्तरिया बजार व्यवस्थापन समितिका अध्यक्ष बाजी विकले नगरपालिकाले गरेको ठेला व्यवस्थापन उपयुक्त नभएको बताए । उनले सबै ठेला एकै ठाउँमा राखिदा व्यवसाय नै नहुँने अवस्था आएको बताए । ‘सबै ठेला एकै ठाउँमा लगेर भेडाबाख्रा कोचेजस्तै कोचिएका छन । त्यहाँ घुइचो मात्रै भएको छ । व्यापार भएको छैन’ उनले भने ‘बसपार्कमै ठेला राखेपनि व्यवस्थित तरिकाले राखिनुप-थ्र्यो ।’

उनले पहिले २ सय ९० ठेलागाडाको डाटा लिइएको भएपनि अहिले सबैलाई बसपार्कमा जानुस भनेपछि भिडभाड भएको बताए ।

‘अहिले बसपार्कका ४ सय भन्दा बढी ठेला छन’ उनले भने ‘कोही कोहीत बसपार्कमा ठाउँ ओगट्ने नाममा घरबाट पलङ लिएर पनि बसेका छन ।’ यसरी बजार क्षेत्रका ठेला व्यवसायीको दिगो व्यवस्थापन हुँदैन ।

ठेला राखेको ठाउँमा खोकाछाप्रा र भौतिक संरचना राख्न नपाइने

उता गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले बजार क्षेत्रमा ठेलागाडाको व्यवस्थापन गर्ने प्रयास स्वरुप बसपार्कमा राखिएको बताए ।
उनले बजार क्षेत्रका ठेलागाडा व्यवस्थापन गर्ने भनेपनि बाह्य क्षेत्रबाट पनि ठेलागाडा आउदा व्यवस्थापनमा समस्या भएको बताए । ‘अत्तरिया क्षेत्रका ठेला व्यवस्थापन गर्न खोज्दा बाहिरबाट पनि ठेलाहरु आउँदा यस क्ष्ोत्रका ठेला व्यवसायीले बाहिरिनु पर्ने अवस्था देखियो । त्यसैले हामीले अहिले सबैलाई भित्र जानुस पछि सबैको उचित व्यवस्थापन गर्छै भनेका छौ’ उनले भने ‘बसपार्कमा राखिएका ठेलाहरुले भौतिक संरचना बनाउन पाउँदैनन् । खोकाछाप्रा पनि राख्न पाउँदैनन् ।’

उनले बिशुद्ध ठेला व्यवसायीलाई सो क्षेत्रमा बस्न दिइने बताए । उनले अहिले राखिएका ठेला व्यवसायीलाईलाई अन्य ठाउँमा व्यवस्थापन नहुँदा सम्म राख्न दिइने बताए । नगरपालिकाले अत्तरिया बजारको पुर्व रोडमा राखिएका ठेलाको पुर्व रोडमै व्यवस्थापन गर्ने गरी काम भइरहेको जनाएको छ ।

नगरपालिकाले सडक किनाराका ठेला हटाएर सडक र बसपार्क क्षेत्रकै राखेको छ । नगरपालिकाले तत्कालका लागि बजार क्षेत्रका ठेलागाडा हटाएको भएपनि यसको दिगो व्यवस्थापनमा हुनेमा भने सरोकारवालाहरुले आशंका व्यक्त गरेका छन ।

नगरपालिकाले अहिले बजार क्षेत्रमा ठेला हटाए पनि पुनः यस क्षेत्रमा ठेला व्यवसाय गर्न आउनेलाई रोक्न सफल हुन्छ या हुँदैन त्यो पनि हेर्न बाँकी छ । त्यस्तै हाल बसपार्क क्षेत्रमा राखिएका ठेलागाडा पछि हटाउने परे कहाँ राख्ने भन्ने पनि उतिकै चुनौती छ ।

सम्बन्धित समाचार : अत्तरियाका बिच सडकमा व्यापार : बेच्नेको बाध्यता की नगरको उदासिनता