काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४५ पुगेको छ ।

मंगलबार ३०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ३५२ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा ९ हजार ३८६ पीसीआर तथा २ हजार ४ सय २४ एन्टिजेन परीक्षण भएको छ ।

















