खाेज्नुहाेस

आज विश्व हुलाक दिवस मनाइँदै

Image

काठमाडौं – आज १४७ औं विश्व हुलाक दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। ‘पुनरुत्थानका लागि नवप्रवर्तन’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो।

navjiwan hospital

हुलाकलाई सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिने गरिन्छ। विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको थियो। सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

attariya hospital

नेपालले संघको सन् १९५६ मा सदस्यता लिएको थियो। सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउने गरिन्छ।

दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दे सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै सरकारी दस्तावेजहरू हुलाकमार्फत नै ओसारपसार गर्ने र निजी क्षेत्रसँग सहकार्य गरी हुलाक वस्तुको सरल, सहज, समयवद्ध पहुँचको सुनिश्चित गर्नेगरी हुलक सेवालाई अघि बढाइने बताएका छन्।