काठमाण्डौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत असार २९ मा सरकार गठन भएको थियो । नवनियुक्त मन्त्रीहरुको शपथ आजै साढे ४ बजे हुनेछ ।

पछिल्लो विस्तारसँगै यस्तो बन्यो मन्त्रिमण्डल



















