खाेज्नुहाेस

डोटीमा वेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

Image
file photo

डोटी – डोटीको बडिकेदार गाउँपालिका–२ खरहरस्थित जनजागृति सामुदायिक वनमा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ।

navjiwan hospital

बिहीबार दिउँसो नवल कुटी खोला किनारमा रुखको फेदमुनि भरुवा बन्दुक थान–१ फेला परेको प्रहरीले जनाएको छ।

attariya hospital

इलाका प्रहरी कार्यालय विपिनगर, डोटीबाट खटिएको प्रहरी टोलीले बन्दुक फेला पारी बरामद गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।