खाेज्नुहाेस

आज केदार मन्दिरमा मेला लाग्दै, दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा

Image

बैतडी –  बैतडीको दशरथचन्द नगरपालिका–११ सीमस्थित केदार मन्दिरमा आज (मंगलबार) परम्परागत मेला तथा जात्रा लाग्दैछ । मेलाको अवसरमा दशरथचन्द नगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएको छ ।

navjiwan hospital

नगरपालिकाले सोमबार सूचना जारी गर्दै केदार मन्दिर र दशरथचन्द नगरपालिका–४ गढीस्थित जगन्नाथ मन्दिरमा लाग्ने परम्परागत जात्राका अवसरमा मंसिर ८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

attariya hospital

नगरपालिकाका अनुसार जात्रामा स्थानीय बासिन्दाको सहभागिता सहज बनाउने उद्देश्यले बिदा दिइएको हो । बिदाका दिन नगरपालिका मातहतका सरकारी कार्यालय, गैरसरकारी संघसंस्था तथा शिक्षण संस्थाहरू बन्द रहनेछन् ।

केदार मन्दिरमा लाग्ने जात्रा स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ । कार्तिक शुक्ल पक्षमा बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा परम्परागत जात्रा तथा मेला लाग्ने गर्छन् । यस्ता मेलामा स्थानीयसहित छिमेकी जिल्लाका श्रद्धालुहरूको समेत सहभागिता रहने गरेको छ ।