खाेज्नुहाेस

भारतको जंगलमा बाघको आक्रमणबाट दोधारा चाँदनीका गोपीन दमाईको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका गोपीन दमाईको भारतमा बाघको आक्रमणबाट मृत्यु भएको छ।

भारतको उत्तराखण्डस्थित उधमसिंह नगरको रमखोला नजिकै सुरई रेञ्जको जंगलमा दमाई मृत अवस्थामा फेला परेका हुन्। घरबाट निस्किएका दमाईबारे परिवारले शुक्रबार बिहान मात्रै जानकारी पाएको थियो।

attariya hospital
navjiwan hospital

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा भारतीय प्रहरीबाट दमाई जंगलमा मृत अवस्थामा फेला परेको जानकारी आएको थियो। भारतीय अधिकारीहरूले बाघको आक्रमणबाट उनको मृत्यु भएको बताएका छन्। मृतकको शरीरका विभिन्न स्थानमा चोटपटक तथा गहिरा घाउका निशान देखिएको आफन्तले बताएका छन्।

घटनाको जानकारी पाएपछि मृतकका परिवारका सदस्य र दोधारा चाँदनी नगरपालिका–४ का वडा सदस्य गगनबहादुर सिंह भारतको उधमसिंह नगर पुगेका थिए। उनीहरूले शवको पहिचान गरेपछि आवश्यक प्रक्रिया तथा शव परीक्षण पूरा गरी शव नेपाल ल्याइएको हो।

शव घर ल्याइएको जानकारी मृतकका भाइ राजकुमार दमाईले दिएका छन्।