खाेज्नुहाेस

बैतडीको सिगास गाउँपालिका– १ मा लगाईएको ताला खुल्यो

Image

बैतडी– बैतडीको सिगास गाउँपालिका वडा नंं १ को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । एक महिनाभित्रै विद्युत सेवा सुचारु गर्ने सहमतिपछि वडा कार्यालयमा गरिएको तालाबन्दी खुलेको हो ।

navjiwan hospital

सो वडाका आधाभन्दा बढी गाउँमा विद्युतका संरचना निर्माण भइसकेका छन् । तर गाउँमा तार, पोल लगायतका संरचनासहित विद्युत लाइन निर्माण गरिएको भएपनि विद्युत सुचारु भने हुन सकेको छैन् । लाईन निर्माण गरिएको भएपनि विद्युत विस्तार नभएका गाउँमा यथाशीघ्र विद्युत सुचारु गर्नुपर्ने माग राख्दै स्थानीयहरुले यही मंसिर १ गते वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

attariya hospital

बुधबार वडा कार्यालयमा वडा अध्यक्ष रामचन्द्र ऐरी, नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्र प्रतिनिधि र संघर्ष समितिबीच एक महिनाभित्रै विद्युत सेवा सुचारु गर्ने सहमति भएको छ । सोही सहमति अनुसार तालाबन्दी खोलिएको संघर्ष समितिले जनाएको छ ।

वडा नं १ का गाउँहरुमा निर्माण गरिएका विद्युत संरचनाहरुको प्राविधिक सुधार गरेर एक महिनाभित्रै विद्युत बाल्ने सहमति भएको जनाइएको छ । अबको एक महिनाभित्र पनि आफूहरुका माग पूरा नभए फेरि तालाबन्दी गर्ने संघर्ष समितिले जनाएको छ ।