खाेज्नुहाेस

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

Image
file photo

धनगढी– बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगाउपानीमा ट्याक्टर दुर्घटना भएको छ । मंगलबार राती करिब ८ बजे मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४२४३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको हो ।

navjiwan hospital

ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीको घोडाघोडी नगरपालिका–१० का २६ वर्षीय जमुना थारु घाइते भएका छन् । उनको बाहिरी चोटपटक नदेखिए पनि भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

attariya hospital

प्रहरीका अनुसार घाइते थारुको पाण्डुसैन स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाइएको छ । दुर्घटनापछि ट्याक्टर घटनास्थलमै रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।