खाेज्नुहाेस

कैलाली र कञ्चनपुरबाट ब्राउन सुगर र चरेशसहित ६ जना पक्राउ

Image

धनगढी –  कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–४ प्रेमनगरबाट आइतबार दिउँसो ४ ग्राम ८५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित कैलालीको गोदावरी नगरपालिका–८ मझगाउँका ३३ वर्षीय अशोक चौधरी र २६ वर्षीय उपेन चौधरी पक्राउ परेका छन्।

त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कुण्डाबाट १९ ग्राम ८ मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित शुक्लाफाँटा नगरपालिका–८ का ३१ वर्षीय गोविन्द महरा पक्राउ परेका छन्। उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट बन्साहाको संयुक्त टोलीले आइतबार साँझ पक्राउ गरेको हो।

attariya hospital
navjiwan hospital

यसैगरी, कैलालीको कैलारी गाउँपालिका–१ हसुलियाबाट ३ ग्राम २७५ मिलिग्राम चरेशजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलारी गाउँपालिका–४ के गाउँका २० वर्षीय अजय चौधरी, २२ वर्षीय सुकराज चौधरी र २० वर्षीय निखिल चौधरी रहेका छन्।

लु.प्र. ०३–००१ प २२८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई आइतबार राति शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त पदार्थ फेला पारेको थियो।

पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।