खाेज्नुहाेस

कुकुर तिहारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा विशेष पूजा

Image

धनगढी – कुकुर तिहारको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीस्थित केनाइन शाखामा विशेष पूजा कार्यक्रम सम्पन्न भएको छ । आइतबार कुकुर तिहारका अवसरमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा डीआईजी भट्टराईले विधिपूर्वक तालिमप्राप्त कुकुरहरूको पूजा आराधना गर्दै माला तथा टीका लगाएर प्रसाद प्रदान गरेका थिए । सो अवसरमा उनले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम तथा विभिन्न प्रहरी कार्यमा तालिमप्राप्त कुकुरहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

attariya hospital
navjiwan hospital

उनले प्रहरी कार्यमा कुकुरहरूको योगदान अमूल्य रहेको भन्दै उनीहरूको कार्यकुशलता, समर्पण र योगदानको प्रशंसासमेत गरे ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, सुदूरपश्चिम प्रदेशकी अध्यक्ष मुना भट्टराई, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू लगायत विभिन्न दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।