अत्तरिया – कैलालीको अत्तरियामा जयगढी एकता समाजको पहिलो राष्ट्रिय भेला आयोजना गरिएको छ । शनिवार सुदूरपश्चिम, कर्णाली प्रदेश लुम्बिनी प्रदेशमा बसोबास गर्ने परिवारको भेला आयोजना गरिएको हो ।

समाजको भेला आयोजनाका संयोजक मनोज जैगडीले जयगढी समाजको इतिहास, विरासतलाई बचाउनको लागि भेलाको आयोजना गरिएको बताए । ‘जयगढ एउटा आफैमा इतिहास बोकेको ठाउँ हो । जयगढका राज नै महाराजाको परिवार भएको पनि हामीले प्रमाण भेटेका छौ’ उनले भने ‘हाम्रो कुल देवता दुध्या मष्टो हुनुहुन्छ, जसलाई राजा महाराजाहरुले पुज्ने गर्नुहुन्थ्यो । जयगढको माटो पनि अहिले पनि जैगडीहरुको नाममा छ । हामीले हाम्रो पहिचान, अस्तित्व र विरासत लडाइको लागि यो एकता गरेका हौ ।’

समाजले जैगडी परिवारको इतिहास र भाषाको पनि अध्ययन गर्ने जनाएको छ । जैगडी समाजको हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी सहित देशै भरी बसोबास रहेको छ । पछिल्लो समय जैयडीले नै लुहार, बिक जस्ता थर लेखेकाले यो जातीको पहिचान गुम्ने जोखिम रहेको यस समुदायका अगुवा बताउँछन् ।
सुदूरपश्चिममा मात्रै यो समुदायको जनसङ्ख्या ५ देखि ९ प्रतिशत हुन सक्ने बताइन्छ । अत्तरियामा आयोजना गरिएको भेलाबाट पहिलो जयगढी एकता समाजको कार्यसमिति चयन गरिने जनाइएको छ ।



















