खाेज्नुहाेस

१६ वर्षदेखि फरार रहेका कैलालीका प्रेम गड्डाचौकीबाट पक्राउ

Image

अत्तरिया – कर्तव्य ज्यान मुद्दामा विगत १६ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका – १ कट्टीपुरका ५८ वर्षीय प्रेम बहादुर शाही रहेका छन् । शाहीमाथि २०६७ पुस २८ गते कर्तव्य ज्यान मुद्दा अन्तर्गत अपराध गरी फरार रहेको आरोप रहेको छ ।

attariya hospital

उनलाई कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।

पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइ सम्मानित कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।