काठमाडौं – सिद्धार्थ बैंकको वेबसाइट तथा अनलाइन सेवा बन्द भएको छ ।

बैंकले विश्वव्यापी रूपमा वेब प्रविधि (पीएचपी) मा देखिएको सुरक्षा संवेदनशीलता तथा हुनसक्ने जोखिमहरूलाई मध्यनजर गर्दै आफ्ना आधिकारिक वेबसाइट तथा अन्य अनलाइन सेवाहरू अस्थायी रूपमा बन्द गरेको हो ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ- हाल विश्वव्यापीरुपमा वेब प्रविधि (पीएचपी)मा सुरक्षा संवेदनशीलता तथा हुन सक्ने जोखिमहरूलाई मध्यनजर गर्दै हाललाई बैंकको आधिकारिक वेबसाइट तथा अनलाइन अस्थायीरुपमा बन्द गरिएको जानकारी गराउँदछौँ ।
यस सम्बन्धमा जोखिम मूल्याङ्कन समेत भइरहेको बैंकले जनाएको छ। सम्भावित समस्याको समाधान गरी प्रणालीलाई पूर्णरूपमा सुरक्षित बनाएर यथाशीघ्र सेवाहरू सुचारु गरिने बैंकले जनाएको छ।





















