खाेज्नुहाेस

मंगलबारदेखि देशभर झरीको सम्भावना

Image

काठमाडौं – बङ्गालको खाडीमा विकसित भइरहेको नयाँ न्यूनचापीय प्रणालीको प्रभावले आगामी मङ्गलबारदेखि नेपालका अधिकांश भूभागमा वर्षा हुने सम्भावना देखिएको छ । मौसमविद्हरूले करिब एक हप्ताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने अनुमान गर्दै आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेका छन् ।

navjiwan hospital

मौसमविद् विनोद पोखरेलका अनुसार अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मौसम पूर्वानुमान मोडेलहरूले आगामी सातादेखि देशका धेरैजसो स्थानमा लगातार झरी पर्ने र केही क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने सङ्केत देखाएका छन् । यद्यपि वर्षाको मात्रा, अवधि र प्रभाव पर्ने स्थानबारे थप स्पष्ट हुन बाँकी रहेकाले पूर्वानुमानमा परिवर्तन हुन सक्ने उनले बताएका छन् ।

attariya hospital

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै नागरिकलाई जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक पूर्वानुमान तथा सूचनाहरू नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ ।

कात्तिक महिना धान काट्ने र भित्र्याउने मुख्य समय भएकाले सम्भावित वर्षाले किसानको कृषि उपजमा असर पार्न सक्ने देखिएको छ । विशेषगरी पाकेको धान खेतमै रहेको अवस्थामा लामो समयसम्म वर्षा भएमा बालीमा क्षति पुग्नुका साथै कटानी र सुकाउने कामसमेत प्रभावित हुन सक्छ ।