
अछाम– अछामका एक विद्यार्थी सुर्खेतमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । रामारोशन गाउँपालिका–५ घर भई वीरेन्द्रनगर नगरपालिका–८ रंगशाला बस्ने २६ वर्षीय राजेन्द्र रोकाया झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनी भाडाको कोठामै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी इन्स्पेक्टर श्यामप्रकाश यादवले जानकारी दिए । रोकाया एक वर्षदेखि सोही घरमा बसेर लोकसेवा आयोगको तयारी गरेर बसिरहेका थिए ।
















