
डोटी– डोटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका– ६ बसौटीका भुपेन्द्र साउँदकी ७ वर्षिया छोरी रञ्जना साउँदको चट्याङ लागेर मृत्यु भएको हो ।
घरको आगँनमा खेलिरहेको अवस्थामा घरनजिकैको विजुलीको पोलमा परेको चट्याङ बालिकालाई लागेपछि बालिका घाईते भएकी थिईन । घाईते बालिकाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


















