खाेज्नुहाेस

कञ्चनपुरमा जिप सहित १३ लाखका जुत्ता बरामद, २ जना पक्राउ

Image
सांकेतिक फोटो

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ बाट प्रहरीले जिपमा ल्याउँदै गरेका १३ लाखका जुत्ता सहित २ जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत वनदेवी मन्दिर नजिकबाट प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका १३ लाख ३ हजार ६ सय बराबरको लेडिज/जेन्स जुत्ता, से १ च ३१९ नम्बरको महेन्द्रा पिक अप सहित २ जनालाई पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ पर्नेमा चालक बेलौरी नगरपालिका – ४ रिछाका ३८ वर्षीय कुशल चौधरी र सवारी धनी बेलौरी नगरपालिका – ६ हात्तीबोझाका ४२ वर्षीय श्याम सिंह रावत रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

मंगलबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जुत्ता, जिप सहित २ जनालाई पक्राउ गरेको थियो ।