अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा पुष्करदत्त भट्ट विजयी भएका छन् । बुधवार भएको निर्वाचनमा हालका अध्यक्ष धर्मराज जोशीलाई ११ मतले पराजित गर्दै भट्ट विजयी भएका हुन ।


निर्वाचनमा राप्रपाका केन्द्रीय सदस्य समेत रहेका भट्टले १५८ मत पाएका थिए । उनका प्रतिस्पर्धी जोशीले १४७ मत पाए ।
कुन ३७७ मतदाता रहेकोमा निर्वाचनमा ३०७ मत खसेको थियो ।















