खाेज्नुहाेस

सुदूरपश्चिम प्रहरी तालिम केन्द्रमा अब मोबाइलबाटै ई–हाजिरी

Image

डोटी – सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, डोटीले मोबाइल एपमार्फत ई–हाजिरी प्रणाली सञ्चालनमा ल्याएको छ । तालिम केन्द्रले एक साताको प्राविधिक परीक्षण तथा प्रहरी कर्मचारीलाई आवश्यक अनुशिक्षण प्रदान गरेपछि प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ ।

navjiwan hospital

तालिम केन्द्रका अनुसार ई–हाजिरी लागू भएपछि प्रहरी कर्मचारी तथा तालिममा सहभागी प्रशिक्षार्थीको दैनिक उपस्थिति मोबाइल एपबाटै अभिलेख गर्न सकिनेछ । यसले परम्परागत रूपमा कागजी हाजिरी गर्ने प्रक्रियालाई विस्थापित गर्दै उपस्थिति व्यवस्थापनलाई डिजिटल, छिटो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

attariya hospital

नेपाल प्रहरी मोबाइल एपको सुरुवात भने विसं २०७६ देखि गरेको थियो । नेपाल प्रहरीका अनुसार आन्तरिक प्रयोजन तथा सर्वसाधारणलाई प्रहरीसँग सम्बन्धित सूचना उपलब्ध गराउने उद्देश्यले एप विकास गरिएको थियो ।