कञ्चनपुर – कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएका १ लाख २० हजार रुपैयाँभन्दा बढीका विभिन्न सामान प्रहरीले बरामद गरेको छ।

जिल्लाका विभिन्न स्थानबाट शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका अन्दाजी १ लाख २० हजार ३६० रुपैयाँ बराबरका सामान बरामद गरेको हो।

बरामद सामानमा सुटपिस, कुर्ति, साबुन, खाने तेल, सुर्ती, डाल्डा, चकलेट, बोइलर कुखुरालगायत रहेका छन्। प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिएको जनाएको छ।















