खाेज्नुहाेस

कञ्चनपुरमा भन्सार छलीका सामानसहित घरबाटै एक जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–७ हजराबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब ३ लाख ५ हजार ६ सय रुपैयाँ बराबरका सामानसहित एक जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

प्रहरीका अनुसार भारतबाट भन्सार छली गरी ल्याएर घरमा लुकाइछिपाई राखेको अवस्थामा स्थानीय ४० वर्षीय हरिश साउँदलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो। उनको घरबाट नरिवल पाउडर, मिल्क केक, मिठाई, सोनपापडी, नमकिन, प्लाष्टिक झोला, रबरको कट्टा, रसभरी मिठाई, पूजा सामग्रीलगायत सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

attariya hospital

यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका करिब ९० हजार रुपैयाँ बराबरका पेय पदार्थ, हार्डवेयरलगायत सामान पनि प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।