खाेज्नुहाेस

दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुलमा आवत जावत निषेध

Image

कञ्चनपुर – तेस्रो पिलर ढलेपछि चुँडिएको दोधारा चाँदनी झोलुङ्गे पुलमा आवत जावत निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक सूचना जारी गर्दै पुलमा गई फोटो खिच्ने, भिडियो/टिकटक बनाउने लगायतका कार्यहरू गर्न निषेध गरेको हो ।

navjiwan hospital

प्रशासनले महाकाली नदीमा रहेको झोलुङ्गे पुलको दायाँ किनारा दोधारा चाँदनी तर्फको तेस्रो टावर फाउन्डेसन सहित करिब ३०० मिटर पुलको भागमा क्षति पुगेको जनाएको छ । उक्त पुलमा जुनसुकै बेला थप क्षति हुन सक्ने सम्भावना भएकोले पुलमा आवत जावत गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीद्वारा जारी सूचनामा उल्लेख छ ।

attariya hospital