खाेज्नुहाेस

एउटा पिल्लरबाट चुँडियो दोधारा– चाँदनी झोलुङ्गे पुल

Image

कञ्चनपुर – एसियाकै दोस्रो लामो कञ्चनपुरको दोधारा– चाँदनी झोलुङ्गे पुल बिचको एक पिल्लरबाट चुँडिएको छ । बुधवार बिहान केही भागमा फलामका पाताहरू अस्वाभाविक रूपले माथि उठेको पुल पछि एक पिल्लरबाट पुरै चुँडिएर नदीमा खसेको छ ।

navjiwan hospital

स्थानीयका अनुसार भीमदत्त नगरपालिका – १३ तर्फबाट छैटौँ नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिल्लरबाट पुल चुँडिएको छ ।

attariya hospital

नदीको बिच भागमा रहेको पिल्लरबाट पुल चुँडिएपछि पुलमा आवतजावत बन्द भएको छ ।

महाकाली नदीमाथि बनेको यो पुल एसियाकै दोस्रो लामो पुल हो । यसको लम्बाई एक हजार चार सय ५२ दशमलव ९६ मिटर रहेको छ । यो पुल २०५८ सालमा निर्माण भएको थियो ।