खाेज्नुहाेस

कञ्चनपुरमा ९ ग्राम खैरो हिरोइन सहित ३ जना पक्राउ 

Image

कञ्चनपुर – कञ्चनपुरमा अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।

navjiwan hospital

कृष्णपुर नगरपालिका–९ पिपरिया, जानकी सामुदायिक वन क्षेत्रबाट ७ ग्राम १९० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित स्थानीय ३४ वर्षीय अनिल राना र २२ वर्षीय हरि राम राना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति उनीहरूलाई सु.प.प्र.०१–००९ प ९८०३ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।

attariya hospital

यसैगरी, बेलडाँडी गाउँपालिका–३ बलराम टोलबाट २ ग्राम ६७० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित बेलौरी नगरपालिका–९ अण्डैयाका २६ वर्षीय दिनेश डगौरा पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई सोमबार राति प्रहरी चौकी झिलमिलाबाट खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।

तीनै जनालाई पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।