खाेज्नुहाेस

मुक्तिनाथ दर्शनका लागि हिँडे बेलौरी ४ का ज्येष्ठ नागरिक र एकल महिला, मेयर चौधरीले गरे बिदाइ

Image
बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका – ४ ले ज्येष्ठ नागरिक तथा एकल महिलालाई मुस्ताङको मुक्तीनाथ दर्शन गर्न लगेको छ । वार्षिक कार्यक्रम अन्तर्गत आइतबार वडा भित्रका ज्येष्ठ नागरिक, एकल महिलाहरू सहित ४१ जनालाई मुक्तिनाथ दर्शनका लागि मुस्ताङ लगिरहेको हो ।
attariya hospital
तीर्थ जानुअघि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बिदाइ गरेका छन् ।

  उनीहरू सँगै उद्योग वाणिज्य संघ बेलौरीका अध्यक्ष, वडाका जन प्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक, पत्रकार सहित समेत गएका छन् ।

navjiwan hospital
वडाध्यक्ष अर्जुन ढकाले वडा कार्यालय वडावासीको अभिभावक भएकाले तीर्थ गर्न रहर गरेका उमेरका नागरिकहरूलाई कार्यक्रम मार्फत तीर्थयात्रा गराइरहेको बताए । उनले यसरी वडाबाट तीर्थ लग्दा पर्यटन प्रवद्वनमा मद्दत पुग्ने समेत विश्वास गरेका छन् ।
बेलौरी नगरपालिका – ४ को वडा कार्यालयले यसअघि पटक पटक विभिन्न ठाउँमा तीर्थ घुमाउँदै आइरहेको थियो । यसअघि नगएकाहरूलाई प्रत्येक वर्ष लग्ने गरिएको वडा कार्यालयले जनाएको छ ।