बझाङ – घाँस काट्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी बझाङकी एक महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । साइपाल गाउँपालिका–५ निउनाउकी ५२ वर्षीया राजमती बोहरालाई थप उपचारका लागि बिहीबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक बिष्टका अनुसार बोहरा बुधबार साँझ करिब ५ बजे काउली सामुदायिक वनमा घाँस काटिरहेका बेला माथिबाट आएको ढुंगा लागेर घाइते भएकी थिइन् ।

गम्भीर घाइते बोहरालाई थप उपचार आवश्यक भएपछि बिहीबार दिउँसो करिब १ बजे सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् ।
















