खाेज्नुहाेस

अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ

Image
file photo

अछाम – अछाममा भरुवा बन्दुक लुकाई राखेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

मेल्लेख गाउँपालिका–६ सिमसेलीका ३३ वर्षीय भीमबहादुर खत्रीले आफ्नै गाईगोठमा भरुवा बन्दुक लुकाई राखेको सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो।

attariya hospital

इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो खत्रीको घरगोठमा खानतलासी गर्दा भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ। बन्दुकसहित उनलाई पक्राउ गरिएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।