खाेज्नुहाेस

कञ्चनपुरमा साढे ५ लाख बढीका भन्सार छलीका सामान बरामद

Image
file photo

कञ्चनपुर –  कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले ५ लाख ६५ हजार ७७० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

navjiwan hospital

भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका इलेक्ट्रिक सामान, मोबाइलका पार्टपुर्जा तथा प्लास्टिक पोलिथिनलगायतका सामान प्रहरीले बरामद गरेको हो।

attariya hospital

शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा ती सामान फेला पारेको थियो।

बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।