खाेज्नुहाेस

गंगा जोशी र नीलम जोशीले गरे सुदूरपश्चिम विश्वविद्यालय टप

Image

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत अध्ययनरत विद्यार्थीहरु निलम जोशी र गंगा जोशीले सुदूरपश्चिम विश्वविद्यालय टप गरेका छन् । बिबिएस तेस्रो सेमेस्टरमा अध्ययनरत दुवै विद्यार्थीहरुले सेमेस्टरको अन्तिम परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै सुदूरपश्चिम विश्वविद्यालय टप गरेका हुन् ।

navjiwan hospital

उनिहरुले अन्तिम परीक्षामा समान ३.८२ जिपिए प्राप्त गरेका थिए । उनीहरूको उत्कृष्ट नतिजाले व्यवस्थापन केन्द्रिय विभागको शैक्षिक उपलब्धिमा थप उत्साह र गौरव थपिएको विश्वास लिईएको छ । विद्यार्थीहरूको यो सफलता मेहनत, लगनशीलता र निरन्तर प्रयासको परिणाम भएको विभागले जनाएको छ ।

attariya hospital

विश्वविद्यालयमा प्रथम स्थान हासिल गरेका गंगा र नीलमलाई बधाई दिँदै विभागले आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ ।