खाेज्नुहाेस

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गर्न नेपाल सिएमए संघको अपिल

Image

अत्तरिया – भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीका कारण रसुवा जिल्ला तथा त्यसको तल्लो तटीय क्षेत्रमा भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति नेपाल सिएमए संघले गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा जुट्न आपत्कालीन अपिल जारी गरेको छ ।

अत्तरिया, कैलालीस्थित केन्द्रीय कार्यालयबाट कार्यवाहक महासचिव ईश्वर प्रसाद चपाईँले जारी गरेको प्रेस अपिलमा बाढीका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

attariya hospital
navjiwan hospital

संघले घाइतेहरूको उपचार, बेपत्ताहरूको खोजी, तथा जोखिममा परेका नागरिकहरूको उद्धारका लागि सरकार र सम्बद्ध निकायहरूसँग तदारुकताका साथ टोली परिचालन गर्न विशेष ध्यानाकर्षण गराएको छ ।

नेपाल सिएमएसघका केन्द्रीय कार्यसमिती तथा संरक्षक समितीका संयोजक गणेश जिमी साउदले विपद् प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई एकजुट हुन आह्वान गरिएको बताए ।