धनगढी – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अटिजम तथा न्युरो डाइभर्सिटी भएका बालबालिकाको शिक्षा सम्बन्धी सवाललाई अब बन्ने शिक्षा ऐनमा समेट्ने बताएका छन ।

धनगढीमा शनिबार अटिजम तथा न्युरो डाइभर्सिटी बालबालिकाको शिक्षा सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । मन्त्री पोखरेलले ऐन निर्माणका लागि विभिन्न जिल्ला पुगेर राय, सुझाव लिने कार्य भइरहेको बताए ।

न्युरो डाइभर्सिटी भएका बालबालिकाहरुको समस्याको सन्दर्भमा सरकार अत्यन्त संवेदनशील रहेको उनको भनाइ थियो । उनले सरकार गठन भएलगत्तै सात वटै प्रदेशमा अटिजम विद्यालय खोल्ने सरकारले घोषणा पनि गरेको बताए ।
यद्यपि, विद्यालय कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल र अझै परिस्कृत बनाउने कार्य जारी रहेको उनको भनाइ छ ।


















