अत्तरिया – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन् ।


शुक्रवार धनगढीमा आयोजित शिक्षा संवाद कार्यक्रममा सहभागी हुन आएका मन्त्री पोखरेलले गेटामा अस्पताल, एकेडेमीक भवन लगायतका संरचनाको अनुगमन गरेका हुन ।
सो क्रममा उनले यसै शैक्षिक सत्रदेखि पढाइ सुरु गर्ने तयारी भइरहेको बताए । उनले विश्वविद्यालय सञ्चालनका लागि भइरहेको प्रयासका लागि सबैलाई धन्यवाद समेत दिएका छन्।


















